उत्पादनमा आधारित कृषि कागजमा सीमित

बुधबार, ३१ बैशाख २०८२

काठमाडौं :  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले उत्पादनमा आधारित कृषि कागजमा मात्र सीमित भएको बताएका छन् ।  

मङ्गलवार आर्थिक रूपान्तरणको मार्गचित्र विषयक कार्यक्रममा बोल्दै उनले देश कृषि प्रधान भएको तर त्यसमा बजेट पनि कम हुने त्यो पनि कार्यान्वयनमा नजाने बताएका हुन् ।  

‘विनियोजनको मुख्य कुरा यो बजेटमा आउनुपर्छ र त्यसलाई कडाइका साथ पालना गर्नुपर्छ । उत्पादनमा आधारित कृषि भन्छौ तर उत्पादन देखाऊ न कागजी देखाएर हुँदैन तीन पटकसम्म घुमाई फिराई त्यही कागजी मात्र त्यो नि बल्ल आयो तर कार्यान्वयनमा जाला न जाला मलाई लाग्छ यो कृषिको क्षेत्रमा लगानी नै छैन कर पनि आउँदैन,’ उनले भने । महतले विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाइदिनुपर्ने बताए । 

यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले देशको आर्थिक विकासको लागि आर्थिक नीतिको अहिलेको संरचना परिमार्जन गर्नुपर्ने बताए । उनले यसको लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने बताए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार