पाँचौ दिन लगातार घटयो सेयर कारोबार

विहीबार, ०१ जेठ २०८२

काठमाडौँ । साताको अन्तिम दिन सेयर बजार घटेको छ ।

बिहीबार आज नेप्से परिसूचक ८.४१ अङ्कले घटेको हो । जसका कारण नेप्से २६११.८५ बिन्दुमा पुगेर रोकिएको छ । 

बिहीबार कूल ८२ कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ। यस्तै, एउटा कम्पनीको सेयर मूल्य स्थिर भएको छ।

जसअनुसार १ करोड ७४ लाख २३ हजार ९ सय ४३ कित्ता सेयर खरिदबिक्री हुँदा आज ७ अर्ब ८३ करोड, ३४ लाख ७ हजार २ सय ४८ रुपैयाँ बराबरको कारोबार भएको छ ।   

साताको पहिलो दिन गत आइतबार ११ अर्ब बढीको कारोबार भएको थियो ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार