२१ वर्षीया नवदुलही मृत्यु प्रकरण : श्रीमान् विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

शुक्रबार, ०२ जेठ २०८२

रौतहट । रौतहटको कटहरिया नगरपालिका अन्तर्गत बिवाह भएको ६ महिना नपुग्दै  नवविवाहीता मुस्लिम महिलाको मृत्युको घटना संग जोडिएका मुख्य आरोपी मृतकको श्रीमान् माथि दुरुत्साहन मुद्दा दर्ता भएको छ।

घटनालाई दबाउन दोषी लाई कारबाही बाट बचाउन बिचौलियाको चलखेललाई चुनौती दिँदै इलाका प्रहरी कार्यालय गरुडामा मुद्दा दर्ता भएको हो।

बिचौलियाले प्रहरी सँगै पीडित परिवार लाई अनेकन दबाब र प्रभावमा पार्न चलखेल सुरु गरेका थिए तर एसपी नेत्र मणि गिरीको निर्देशन तथा इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीको सुझबुझले दोषीलाई कारबाहीको दायरामा ल्याउन मुद्दा दायर गरिएको हो।

कटहरिया- ३ बड़ेरवा टोलमा घर भई हाल कटहरिया- ५ बजार क्षेत्रमै घर भएका अहमद राय भाटको छोरा अरमान राय भाट माथि २१ वर्षीया श्रीमती सानीया प्रविन लाई आत्महत्या गर्न बाध्य पारेको खुलेपछि इलाका प्रहरी कार्यालय गरुडामा आत्महत्या दुरुत्साहन मुद्दा दायर गरिएको डिएसपी कार्कीले न्युज कारखाना लाई बताएका छन्।

विवाह भएदेखि नै मृतकका श्रीमान् तथा घटनाका मुख्य आरोपी अरमानले दाइजोमा माग गरेको मोटरसाइकल, एसी, पैसा, लगायत सानो सानो कुरामा पनि श्रीमती सानियालाई मानसिक यातना दिने गरेको कारण घटना भएको अनुसन्धानबाट देखिएको डिएसपी कार्कीले बताएका छन्।

मुख्य आरोपी माथि मुद्दा दायर गरिएको छ, घटनाको थप अनुसन्धान भइरहेको छ, अनुसन्धानमा अरू ककसको संलग्नता देखिन्छ त्यसै अनुसारको कारबाही प्रक्रिया बढाइने डिएसपी कार्कीले जानकारी दिएका छन्। घटना पछि मुख्य आरोपी मृतक सानियाका श्रीमान् अरमान राय भाट फरार रहेको तथा खोजी कार्य भइरहेको डिएसपी कार्कीले बताएका छन्।

मृतकका बुबा भारत बिहार मोतीहारी जिल्ला सुगौली नगरपालिका ११ राय टोला  निमोई गाउँका महमद मोलाजीम रौशनका अनुसार दाइजोको कारण छोरी सानिया लाई दैनिक जसो  कुटपिट गरी ज्वाइँ अरमान सहित सपरिवार मिलेर हत्या गरेको आरोप लगाएका थिए।

६ महिना अघि अरमान सँग बिहे गर्दा दाइजोमा फर्निचर, वादिङ फ्रिज, कुलार पङ्खा, नाक, कान , घाँटीमा सुनको गहना सुनको औँठी, लगायत सम्पूर्ण सामान दिएको, बिदा गर्न पटक पटक भन्दा कहिले केटीएम मोटरसाइकल त कहिले १ लाख भारु माग गरेको, केही दिन अघि घरमा एसी जडान गर्न माग गरेको उनको भनाई छ। उनीहरूको माग पुरा गर्न नसकेको कारण विशेष गरी समधिनि सँग मिलेर रमानाले छोरी सानियाको घाँटी थिचेर हत्या गरी पंखामा झुण्डाएर आत्महत्या देखाउन खोजेको मृतकका बाबु मोलाजीम रौशनले दाबी गरेका छन्।

के हो घटना ?

गत आइतबार दिउँसो आफ्नै घरको कोठामा साडीको पासो बनाई सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा सानियाको शव भेटिएको थियो।  सानियाको सासू ससुरा लगायतकाले उनी पासो लगाएर आत्महत्या गरेको बताइरहेका छन् भने माइती पक्षले छोरीको हत्या गरेर शव लाई झुन्ड्याएर आत्महत्या देखाउन खोजेको भन्दै आएका छन्। घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । उक्त मृत्युको घटनाको नेपाल प्रहरीका सङ्गठन प्रमुख आइजिपी दीपक थापाले विशेष चासो राखेका थिए।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार