रौतहटमा सवारी दुर्घटनामा एक युवकको मृत्यु

शनिबार, ०३ जेठ २०८२

रौतहट : रौतहटको चन्द्रपुर नगरपालिका–४ मा गएराति पूर्व–पश्चिम राजमार्गमा सवारी दुर्घटनामा परेर एक अन्दाजी ३५ वर्षका अज्ञात युवकको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईका अनुसार, राति १० बजे सडकमा घाइते अवस्थामा फेला परेका ती युवकलाई प्रहरी गस्ती टोलीले उद्दार गरी तत्काल नजिकैको अस्पतालमा पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटना कसरी भएको हो भन्ने यकिन खुलेको छैन। डिएसपी राईले राजमार्गमा गुडिरहेको कुनै सवारीसाधनबाट लडेर दुर्घटना भएको हुनसक्ने अनुमान व्यक्त गरेका छन्। मृतकको पहिचान खुल्न सकेको छैन र दुर्घटनामा संलग्न सवारी साधनको विवरण पनि अज्ञात छ।

शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा राखिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले मृतकलाई चिन्ने व्यक्तिहरूलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा सम्पर्क गर्न आग्रहसमेत गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार