काठमाडौं : नेपाल धितोपत्र बोर्डले ११ वटा धितोपत्र ब्रोकर कम्पनीहरूलाई अर्धवार्षिक रूपमा बुझाउनु पर्ने कारोवार विवरण नबुझाएको र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै चेतावनी दिएको छ।
बोर्डका अनुसार, ती कम्पनीहरूले “सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन २०७६” को दफा १८(१) र “सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४” को दफा ७(फ) उल्लंघन गरेका थिए। यस कारण उनीहरूलाई कारबाहीस्वरूप सचेत गराइएको हो।
कारबाहीमा परेका कम्पनीहरूमा ब्लुचिप सेक्युरिटिज, पोपर्टी विजार्ड, स्टक्स्कार्ट्स सेक्युरिटिज, सुमेरु सेक्युरिटिज, रोडशो सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, म्याग्नेट सेक्युरिटिज एन्ड इन्भेस्टमेन्ट, एलिट मर्चेन्ट क्यापिटल, रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल, र रिलायबल भेन्चर क्यापिटल रहेका छन्।
बोर्डले सम्बन्धित कम्पनीहरूलाई यस्ता अनियमितता दोहोर्याए थप कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ।
प्रतिक्रिया