रक्तदान कार्यक्रममा झुम्का जेसिज, तरहरा जेसिज र इटहरी जेसिजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।साथै, नेपाल रेडक्रस सोसाइटी इटहरी शाखाका सभापति दिनेश भट्टराई, इटहरी जेसिजका अध्यक्ष देवेन्द्र कार्की लगायतका विशिष्ट व्यक्तिहरूले कार्यक्रमलाई सम्बोधन गरेका थिए।
सौन्दर्यकर्मी समुदायका श्रमिकहरूबीच सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
आयोजक समितिले रक्तदान अभियानले रक्त अभावको समस्या समाधान गर्न तथा मानव सेवामा योगदान दिन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।
सफल रक्तदान कार्यक्रम सम्पन्न भएकोमा आयोजकले सबै रक्तदाताहरू, सहभागी तथा सहयोगी संस्थाहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया