इलाममा १२ वर्षपछि बहुविवाह अभियोगमा फरार अभियुक्त पक्राउ

सोमबार, ०५ जेठ २०८२

इलाम : जिल्ला प्रहरी कार्यालय इलामले बहुविवाहसम्बन्धी मुद्दामा १२ वर्षदेखि फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा इलाम देउमाई नगरपालिका–१ चमैता घर भई हाल इलाम नगरपालिका–१२ साङरुम्बामा बसोबास गर्दै आएका ५९ वर्षीय मान बहादुर राई रहेका छन्।

उनीमाथि जिल्ला अदालत इलामले २०७० पुस १६ गते ११ महिना ६ दिन कैद र ५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो।

सो फैसला पछि फरार रहेका राईलाई प्रहरीले खोजतलास गर्दै जाँदा २०८२ जेठ ५ गते इलाम नगरपालिका–१२ स्थित साङरुम्बाबाट लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डीएसपी) मानबहादुर राईका अनुसार पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालतमा उपस्थित गराई आजै इलाम कारागार पठाइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार