काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भ्रष्टाचारको संरक्षक भएको आरोप लगाएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक अभिव्यक्तिमा उनले ओली नेतृत्वको "करप्सन सिस्टम" लाई समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओलीले सिंहदरबारमा आयोजना गरेको बैठकमा बालेन अनुपस्थित भएपछि ओलीले ‘अब फेरि पनि नआए नाम काट्न’ भनिएको टिप्पणी सार्वजनिक भएको थियो। त्यसपछि बालेनले सामाजिक सञ्जालमा तीव्र प्रतिक्रियासहित भनेका छन्, “सरी केपी ओली, आई डोन्ट सपोर्ट योर करप्सन सिस्टम।”
उनले आफू भ्रष्टाचार रोक्न लाग्दा दलहरू मिलेर भ्रष्टाचारी जोगाउन लागिपरेको आरोप पनि लगाएका छन्।
बालेन लेख्छन्,“जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ?”
प्रतिक्रिया