घाँस काट्ने क्रममा लडेर दुई महिलाको मृत्यु

सोमबार, ०५ जेठ २०८२

दमौली : तनहुँ जिल्लाको ऋषिङ गाउँपालिका–३ सोलुङमा घाँस काट्ने क्रममा लडेर दुई महिलाको मृत्यु भएको छ।

कटोर्के सामुदायिक वनमा घाँस काट्न गएका बेला सन्तुलन गुमाएर लडेपछि उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकहरूमा स्थानीय ६२ वर्षीया श्रीमाया राना र देवघाट गाउँपालिका–२ की २६ वर्षीया खिमसरा मगर रहेका छन्।

प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार बिहान ७ बजे घरबाट निस्किएका उनीहरू ढिलोसम्म नफर्किएपछि खोजी गर्दा घटनास्थलबाट झन्डै १०० मिटर तल मृत अवस्थामा फेला परेका हुन्।

 घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार