दीपक र अनिता मरिकको १७ वर्षिय छोरा अर्जुन र नवबिबाहिता बुहारी, १३ वर्षकी छोरी किरण कुमारी १० वर्षकी छोरी प्रिती र सात वर्षीय छोरा आकाश मरिकसहितको सात जनाको परिवार छ ।
यस सम्बन्धमा पालिका अध्यक्ष शिवजी यादवलाई सोध्दा उनले मरिक परिवारको घर भत्काइ दिएको स्वीकार गरे । उनले भने,‘त्यहाँ कृषि बजार लगाउन तीन करोडमा टेण्डर लागेको छ । त्यहाँ चौतर्फी बाउण्ड्री वाल लगाउनु छ । त्यसकारण भत्काएको हो ।’
घर भत्काए पनि अर्को स्थानमा पुनस्र्थापना गरिदिएको भन्दै यादवले भने,‘क्याम्पस बनाउन यज्ञ आयोजना गरिएको हो । सामाजिक भलाइको काम कै लागि हो । आफूले अछुत भनेर घर भत्काइएको छैन् । यस घटनालाई मिडियामा चर्काउन आवश्यक छैन् ।’
त्यसैगरी पूर्ववडाध्यक्ष दिलीप यादवले भने,‘हामीले घर भत्काए पनि अर्को घर बनाइ दिएका छौं । यसमा हाम्रो के गल्ती भयो त ? ’पूर्ववडाध्यक्ष यादव हाल जनमत पार्टीका औरही पालिका अध्यक्ष हुन् ।
औरही पालिकामै घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कवुली पासवानले भने,‘त्यहाँ पाँच घर दास तत्माहरुको घर छ । अरु कसैको घर भत्काइएन तर एक घर मरिक (डोम) को घर भत्काइयो । घर मात्र भत्काइएन त्यहाँको माटो समेत खनेर फालियो । बजरंगी बाबाले त्यो ठाउँ पवित्र गर्ने भन्दै जल छर्किए । यो सरासर छुवाछुतको अपराध हो ।’
उनले दोषी बजरंगी बाबा, पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव माथि कानून बमोजिम कारवाही गर्न सरकारसँग माग गरेका छन् ।
पासवानले राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय दलित आयोगको ध्यानाकर्षण गराउँदै घटनाको छानविन गर्न आह्वान गरेका छन् ।
प्रतिक्रिया