६ पटक हर्न नमिल्नेमा परेपछि अन्ततः सुरु भयो रवि लामिछानेको रिटमा सुनुवाइ

मंगलबार, ०६ जेठ २०८२

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ भइरहेको छ ।

अहिले लामिछानेका कानुन व्यवसायीहरूले अहिले बहस गरिरहेका छन्। यो रिट ६ पटकसम्म हेर्न नमिल्ने अवस्थामा परेको थियो। सर्वोच्च अदालतको इजलासमा न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकाल सुनुवाइ गर्दैछन्।

लामिछाने सहकारी ठगी प्रकरणमा रुपन्देही कारागारमा थुनामा छन्। जिल्ला अदालत रुपन्देहीले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसको विरोध गर्दै पूर्वडीआईजी छविलाल जोशी सर्वोच्च अदालत पुगेका छन्।

लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छोड्ने आदेश जिल्ला अदालतले दिएको थियो, तर उच्च अदालतले त्यो आदेश उल्टाइदिएपछि उनी पुनः कारागार चलान भएका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार