को हुन् नवनियुक्त गभर्नर पौडेल ? यस्तो हुनेछ नयाँ नोटमा हस्ताक्षर

मंगलबार, ०६ जेठ २०८२

काठमाडौं : सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थशास्त्री डा.विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैङ्कको १८औँ गभर्नरको रूपमा नियुक्त गरेको छ । गभर्नरको पाँच वर्षे कार्यकालका लागि उनलाई नियुक्त गरिएको हो ।

को हुन् डा. पौडेल

डा.पौडेल एक अनुभवी अर्थशास्त्री हुन् । उनले सन् २०१० मा अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट एग्रिकल्चर एण्ड रिसोर्स इकोनोमिक्स विषयमा पिएचडी गरेका छन् । नेपालको बैङ्किङ, विकास नीति र श्रम अर्थशास्त्रमा उनको गहिरो अनुभव छ ।

सन् २०१२ मा उनी सानिमा बैङ्कको सञ्चालक समितिमा नियुक्त भएका थिए । त्यसै वर्षदेखि उनले विश्व बैङ्कको लागि कन्सल्टेन्टको रूपमा समेत काम गरे । सन् २०१८ देखि २०२० सम्म उनी अन्तर्राष्ट्रिय श्रम सङ्गठनमा आर्थिक सल्लाहकारको भूमिकामा रहे ।

२०७८ मा सरकारले डा.पौडेललाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएको थियो । तर, २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिन उनले उक्त पदबाट राजीनामा दिए । चुनावमा उनी तेस्रो स्थानमा पराजित भए ।

त्यसपछिका दिनमा उनी काठमाडौँ विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा प्रोफेसरका रूपमा कार्यरत थिए । यस्तै, उनी सानिमा मिडिल तमोर हाइड्रोका सञ्चालक, युलेन्स एजुकेसन फाउन्डेसनका बोर्ड अफ ट्रस्टी सदस्य पनि थिए ।

पौडेलका अर्थतन्त्रसम्बन्धी धेरै लेख, अनुसन्धान र जर्नलहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशित छन् ।

अबको चुनौती 
नयाँ गभर्नरको रूपमा पौडेलले देशको मौद्रिक नीति, मुद्रास्फीति नियन्त्रण, वित्तीय स्थायित्व तथा बैङ्किङ क्षेत्रको सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु पर्नेछ । नेपालको समष्टिगत आर्थिक परिदृश्यलाई सन्तुलनमा राख्दै, सुदृढ आर्थिक नीतिहरू कार्यान्वयन गर्ने जिम्मेवारी अब उनको काँधमा आएको छ ।

यस्तो हुनेछ नयाँ नोटमा हस्ताक्षर

new govnor sing

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार