काठमाडौं : एनएमबि बैंक लिमिटेडले एसोसिएसन अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपाल (एसीएएन)सँग एक विशेष सम्झौता सम्पन्न गरेको छ, जसअनुसार एसीएएनमा आबद्ध सदस्यहरूलाई लक्षित गर्दै विशेष वित्तीय सेवाहरू प्रदान गरिनेछ।
उक्त सम्झौतामा बैंकले समावेशी र मूल्यमा आधारित बैंकिङ सेवाको प्रतिबद्धता जनाउँदै नेपालका पेशागत वर्गलाई सुलभ र गुणस्तरीय सेवा दिनेसम्बन्धी उद्देश्य राखिएको छ।
सम्झौता अन्तर्गत एसीएएन सदस्यहरूलाई ऋण प्रशासनिक शुल्कमा छुट, सरल कागजात प्रक्रिया, एनएमबि भिसा प्लेटिनम क्रेडिट कार्ड सुविधा, ग्रीन सेभिङ खाता लगायतका विभिन्न डिजिटल तथा कार्ड सेवाहरू उपलब्ध गराइनेछ।
साथै, बैंकको प्राथमिक सेवा योजनामार्फत व्यक्तिगत सम्बन्ध व्यवस्थापन र अन्य विशेष सुविधा पनि प्रदान गरिनेछ। बैंकले वित्तीय साक्षरताको प्रवर्द्धन गर्दै चार्टर्ड एकाउन्टेन्टहरूको आर्थिक भूमिकालाई समर्थन गर्न यो सहकार्य अघि बढाएको हो।
एनएमबि बैंकको अनुसार, यस्तो पहलले पेशागत वर्गलाई सुलभ, पहुँचयोग्य तथा दिगो बैंकिङ समाधान प्रदान गर्दै बैंकको सेवा विस्तारमा पनि टेवा पुर्याउनेछ।
प्रतिक्रिया