काठमाडौं । एनएमबि बैंकले शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गरेको हो ।
यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (चैत ८ गते ) बाट ३५ दिन भित्र बैंकको सचिवको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
३५ दिन भित्र हाल कायम संस्थापक शेयरधनीले शेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया