सर्लाही : सर्लाहीको बागमती नगरपालिका–२, जिरायतस्थित पुतली चोक नजिक मङ्गलवार साँझ दुई मोटरसाइकल ठोक्किँदा दुई चालकको मृत्यु भएको छ।
दुर्घटनामा रौतहटको बिसुनपूर्वा गाउँका ३३ वर्षीय नागेन्द्र साह सुनार र काठमाडौँ महानगरपालिका–२३ वसन्तपुरका ३० वर्षीय विवेक मानन्धरको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रदेश–३–०२–००६ प ७८६८ नम्बरको मोटरसाइकल पुतली चोकबाट सोल्टी बजारतर्फ जाँदै गर्दा बा।५६ प ५२६ नम्बरको मोटरसाइकलसँग ठोक्किएर दुर्घटना भएको हो। घटनामा थप दुई जना घाइते भएका छन् भने उनीहरूको उपचार भइरहेको छ।
प्रहरीका अनुसार दुवै मोटरसाइकल तीव्र गतिमा रहेको र सवारी चाप बढी भएको समयमा दुर्घटना भएको अनुमान गरिएको छ। घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया