धनुषा : धनुषा जिल्लाको कमला नगरपालिका–२ स्थित सराबे टोलमा निर्माणाधीन सडकको खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा रामबाबु साहका सात वर्षीय छोरा रितिक साह र उनका भाइ श्यामबाबु साहका पाँच वर्षीय छोरा रितिश साह रहेका छन्।
उनीहरू आज दिउँसो घरबाट खेल्न निस्केका थिए तर अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दा खाल्डोमा तैरिरहेको अवस्थामा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वरुणबहादुर सिंहले जानकारी दिए।
सिंहका अनुसार बालबालिका जमेको पानीमा डुबेको कृषि बाटोको छेउमा रहेको खाल्डो निर्माणाधीन अवस्थामा थियो।
प्रतिक्रिया