काठमाडौं : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाउने निर्णय सार्वजनिक लेखा समितिले गरेको छ। बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकले उक्त निर्णय गरेको हो।
समितिका सभापति ऋषिकेश पोखरेलका अनुसार उपसमितिले मूल समितिमा पेश गरेको प्रतिवेदनलाई लेखा समितिले थप ग्रहण गर्दै अख्तियारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको हो।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन समितिको प्रतिवेदनलाई लेखा समितिले ग्रहण गरी अख्तियारमा पठाउने निर्णय भएको छ
सभापति पोखरेलले भने।
साथै, प्रतिवेदनमा उल्लेख गरिएका विषयका आधारमा समितिको सचिवालयले प्रारम्भिक ड्राफ्ट तयार पार्ने र त्यसअनुसार अख्तियारलाई पठाइने जानकारी पनि उनले दिए।
पोखरा विमानस्थल निर्माण प्रक्रिया, लागत, कार्यान्वयन तथा अन्य वित्तीय पक्षमा देखिएका सम्भावित अनियमितताबारे गम्भीर रूपमा अध्ययन गर्न उपसमिति गठन गरिएको थियो। उपसमितिको स्थलगत निरीक्षण र अध्ययनपछि तयार भएको प्रतिवेदनमा के-के उल्लेख छन् भन्ने विवरण भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन।
प्रतिक्रिया