काठमाडौं : गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएर सोधपुछपछि भोलि बिहीबार उपस्थित हुने सर्तमा छाडिएको छ।
बुधबार दिउँसो उनलाई नियन्त्रणमा लिएर टंगालस्थित अख्तियार कार्यालयमा राखिएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख समेत रहेका भट्टराईमाथि मानव तस्करी र सेवाग्राहीसँग घुस लिएको आरोपमा अनुसन्धान थालिएको हो।
आयोगका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘सेटिङ’ मिलाउँदै भिजिट भिसामा विभिन्न व्यक्तिहरूलाई दुबई लगायतका देशमा पठाउने कार्यमा संलग्न रहेको प्रारम्भिक प्रमाण फेला परेको छ।
यस क्रममा फर्जी कागजातका आधारमा विदेशी यात्राको प्रक्रिया सहज बनाउने काममा भट्टराईको संलग्नता देखिएको अख्तियार स्रोतले जनाएको छ।
भट्टराईको साथबाट बरामद भएको मोबाइल फोन भने प्राविधिक परीक्षणका लागि अख्तियारको नियन्त्रणमै राखिएको छ।
प्रतिक्रिया