काठमाडौँ : राजस्थान रोयल्सका ब्याट्सम्यान यशस्वी जैसवालले आइपिएल २०२५ को पावर प्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन्। यो सूचीमा १४ वर्षीय वैभव सूर्यवंशीको नाम पनि परेको छ।
यशस्वी जैसवालले आइपिएल २०२५ को पावर प्लेमा सबैभन्दा धेरै छक्का प्रहार गरेका छन् । जैसवाल बाहेक मिचेल मार्स, अजिंक्य रहाणे, प्रभसिमरन सिंह र वैभव सूर्यवंशीको नाम पनि परेको छ ।
जैसवालले पावर प्लेमा २०८ बल खेलेका छन् । यस अवधिमा उनले २२ छक्का प्रहार गरेका छन् । जैसवालले यो सिजन कुल २८ छक्का प्रहार गरेका छन् । जैसवालले १४ खेलमा ४३ को औसत र १६० को स्ट्राइक रेटमा ५५९ रन बनाएका छन् ।
लखनउ सुपर जायन्ट्सका ओपनिङ ब्याट्सम्यान मिचेल मार्स यो सूचीमा दोस्रो स्थानमा छन् । मार्सले पावर प्लेमा १६० बलको सामना गरेका छन् । यस अवधिमा उनले १८ छक्का प्रहार गरेका छन् । मार्सले यो सिजन ११ खेलमा कुल २४ छक्का प्रहार गरेका छन् ।
पावर प्लेमा सर्वाधिक छक्का प्रहार गर्नेमा कोलकाता नाइट राइडर्सका कप्तान अजिंक्य रहाणे तेस्रो स्थानमा छन् । रहाणेले ११९ बलको सामना गर्दै १५ छक्का प्रहार गरेका छन् ।
यो सूचीमा पन्जाब किंग्सका ओपनिङ ब्याट्सम्यान प्रभसिमरन सिंह पनि परेका छन् । प्रभासिमरनले पावर प्लेमा १६८ बलको सामना गरेका छन् । यस अवधिमा उनले १४ छक्का प्रहार गरेका छन् ।
उता, १४ वर्षीय राजस्थान रोयल्सका ओपनर ब्याट्सम्यान वैभव सूर्यवंशीले यस वर्षको आइपिएलमा दबदबा कायम गरेका छन् । उनले यो सिजन पावर प्लेमा ७० बल खेले। यस अवधिमा उनले १४ छक्का प्रहार गरेर सबैभन्दा कान्छो खेलाडीकोसमेत नयाँ रेकर्ड बनाएका छन् ।
प्रतिक्रिया