काठमाडौँ : अमेरिकी संसद्की सदस्य न्यान्सी मेसले सदनमा केही गरेकी छन्, जसको चर्चा यतिखेर विश्वभर भइरहेको छ ।
वास्तवमा उनले संसद्मा आफ्नो नग्न तस्बिर देखाएकी थिइन । उनले आफ्नो नग्न तस्बिर देखाउँदै दाबी गरिन कि उनको पूर्व मंगेतरले उनको सहमति बिना उनको फोटो गोप्य रूपमा क्लिक गरेका छन्।
न्युयोर्क पोस्टका अनुसार यो तस्बिर उनले हाउस ओभर साइट कमिटी सत्रको समयमा देखाएकी थिइन, जब मेसले भिडियो भ्वायरिज्मविरुद्ध कडा कानुनको वकालत गरिरहेको थिए ।
साउथ क्यारोलाइना कङ्ग्रेस वुमनले भनिन्, ‘स्वतन्त्रता कुनै सिद्धान्त होइन। स्वतन्त्रता भनेको तपाईँ सुत्दा तपाईँको अनुमति बिना कसैले तपाईँको तस्बिर खिच्नु हुँदैन। म एक सांसदको रूपमा मात्र होइन, पीडितको रूपमा बोल्दै छु।’
उनले पोस्टर आकारको कालो र सेतो फोटोहरू देखाएकी थिइन। उनले भनिन, ‘मेरो भिडियो बनाइँदै छ भन्ने मलाई थाहा थिएन। मैले सहमति दिएको पनि थिइनँ।’
सांसदले आफ्नी पूर्व मंगेतर प्याट्रिक ब्रायन्टले गोप्य रूपमा आफ्नो फिल्म खिचेको आरोप लगाएकी हुन् । तर बलात्कार र दुर्व्यवहारसहित गम्भीर यौन अपराध गरेको उनको थप आरोप पनि छ।
तर, उनको पूर्व मंगेतरले मेसको सो आरोप निराधार भएको बताएका छन् । ब्रायन्टले एक बयानमा भने, ‘मैले न्यान्सी मेसले गरेको झूटा र अपमानजनक दाबीहरूलाई स्पष्ट रूपमा अस्वीकार गर्दछु, मैले कहिल्यै कसैलाई यौन दुर्व्यवहार गरेको छैन। मैले कहिल्यै कसैको अनुमति बिना फोटो खिचेको पनि छैन।’ ब्रायन्टले उल्टै मेसले आफ्नो पदको दुरुपयोग गरेको आरोप लगाएका छन् ।
मेसले आफ्नो आरोपबारे सार्वजनिक रूपमा बोलेको यो पहिलो पटक भने होइन। गत फेब्रुअरीमा उनले ब्रायन्ट र तिनका तीन व्यापारिक साझेदारहरूलाई उनी र अन्य महिला पनि कथित रूपमा नाबालिग केटीहरू विरुद्ध यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
दक्षिण क्यारोलाइना राज्य कानुन प्रवर्तन डिभिजनले हाल मेसको दाबीहरूको अनुसन्धान गरिरहेको छ। ब्रायन्टले आफूले अधिकारीहरूसँग पूर्ण सहयोग गरिरहेको बताएका छन्।
प्रतिक्रिया