धनुषा :धनुषाको बनिनियाँ, लक्ष्मिनिया गाउँपालिका–५ मा २०८१ साल फागुन १७ गते दिउँसो घरेलु झगडाबाट शुरू भएको विवादले भयावह रुप लियो।
४० वर्षीय हरिराम यादवले आफ्नी २५ वर्षीया श्रीमती अञ्जली यादवलाई कुटपिट गरी घरबाट निकालिदिए।
अञ्जली केही दिनदेखि सम्पर्कविहीन भएपछि स्थानीयहरूमा शंका उत्पन्न भयो। हरिराम पनि बेपत्ता थिए र उनको घरमा ताला लागेको भेटियो।
प्रहरीले घटनास्थलमा उत्खनन गर्दा कुलदेवताको पूजा कोठामा गहिरो जमिनभित्र अञ्जलीको शव फेला पारे।
मृतकका पिता शिवधारी यादवले हरिरामविरुद्ध किटानी जाहेरी दिएका थिए र कर्तव्य ज्यान मुद्दा दर्ता भयो। फरार रहेका हरिराम १० महिनाकी छोरीसहित करिब १० महिना पछि जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरी रेलवे स्टेशनबाट पक्राउ परे।
प्रहरीले बयान लिइरहेको छ भने छोरीको खोजी पनि भइरहेको छ।
प्रतिक्रिया