इन्लाइटनले आयोजना गरेको ‘टेष्ट प्रिपरेशन बुटक्याम्प ६.०’ सम्पन्न, तयारी कक्षामा ३० प्रतिशत छुट

आइतबार, ११ जेठ २०८२

काठमाडौं । शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसन एजुकेशनले आयोजना गरेको ‘टेष्ट प्रिपरेशन बुटक्याम्प ६.०’ सम्पन्न भएको छ ।

शुक्रबार बिहान ११ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन भएको बुटक्याम्प काठमाडौंको बागबजारस्थित केन्द्रिय कार्यालयमा सम्पन्न भएको हो । कार्यक्रममा आईईएलटीएस, पीटीई, टोफेल, डुओलिङ्गो र स्याट जस्ता अन्तर्राष्ट्रिय टेस्टका लागि तयारी कक्षा सञ्चालन गरिएको थियो ।

उक्त तयारी कक्षामा सय जना विद्यार्थी सहभागी भएका थिए ।

सहभागीहरूले विवेक लिम्बूबाट ब्रिटिश काउन्सिलको विशेष सेसन, सुमन कृष्ण श्रेष्ठ पियर्सनको गहन प्रोफेशनल सेसन, उद्योग विशेषज्ञहरूसँग कोर्स छनौटमा सहयोग, इटीएसबाट सौरभ श्रेष्ठले टोफेल र जीआरईबारे आधिकारीक जानकारी लिनुका साथै स्याट र डुओलिङ्गोको फम्र्याट, एडप्टिभ टेस्ट र अन्तर्वार्ताका लागि टिप्सबारे जान्ने माैका पाएका थिए ।

इन्लाइटनले आगामी दिनमा वैदेशिक अध्ययनका लागि लक्षित गरि विभिन्न सिरिजहरुको आयोजन गर्न लागेको र आजको कार्यक्रममा छुटेका विद्यार्थीले आगामि दिनमा हुने कार्यक्रममा सहभागी हुन इन्लाइटनका एक्जुकेटिभ डाइरेक्टर सिता भट्टराईले आग्रह गरिन् ।

उनले भनिन्, ‘इन्लाइटनले दैनिक रुपमा विहानको ६ः०० बजे देखि बेलुकाको ६ः०० बजे सम्म विशेष छुटका साथ तयारी कक्षा सञ्चालन गरिरहेको र उक्त कक्षामा सहभागि हुन विद्यार्थीलाई आग्रह गछौं ।’

रिजनल डेभलपमेन्ट म्यानेजर सुमन कृष्ण श्रेष्ठले विद्यार्थीहरुसँग आईईएलटएिस, पीटीईको बारेमा ज्ञान आदान प्रदान गर्न पाएकोमा खुःसी व्यक्त गरे । उनले भने, ‘विद्यार्थीसँग ज्ञान सात्ने यो मौका दिएकोमा इन्लाइटनलाई धन्यवाद । पीटीई भनेको फास्टर, इजिएर एण्ड सिम्पल टेस्ट हो । जुन विश्वका सबै क्याम्पस र विश्वविद्यालयमा एप्रुभ गरिइएको छ ।’

इटीएस सिनियर कन्सल्टेन्ट सौरभ श्रेष्ठले टोफेल र जीआरईको टेस्ट सञ्चालन गर्दै आएको जानकारी गराए । उनले भने, ‘टोफेल विशुुद्ध प्रोफेसेन्सी अंग्रेजी टेस्ट हो र जीआरई विशेषगरी अमेरिका, क्यानडा लगायत विश्वका प्रतिष्ठीत विश्वविद्यालयमा मास्टर्सका लागि एडेमीसन टेस्ट हो ।’

यसका साथै, सहभागीहरूले रिचार्ज कार्ड, मुभी टिकट र उपहार ह्याम्परहरू जित्ने मौका पाए । बुटक्याम्पमा ३० प्रतिशत छुटको पनि व्यवस्था गरिएको थियो ।

साढे एक दशकदेखि विदेश पढ्न जाने विद्यार्थीहरुलाई पढाउँदै र पठाउँदै आएको इन्लाइटन विद्यार्थी र अभिभावकबीच निकै लोकप्रिय छ । यहाँबाट सहज तरिकाले भिसा अप्लाई गर्न सकिने, आवश्यक परामर्श दिने जस्ता सहजीकरण गर्ने भएकाले शैक्षिक परामर्श संस्थामा आफ्नो अलग्गै छवि बनाउन सफल छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार