सरकारी कागज किर्ते मुद्दामा फरार अभियुक्त १६ वर्षपछि पक्राउ

आइतबार, २५ जेठ २०८२

सुनसरी : सरकारी छाप र दस्तखत किर्ते मुद्दामा १६ वर्षदेखि फरार रहेका रोशन राईलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले विशेष सुराकीका आधारमा उनलाई आइतबार बिहान ११:३० बजे निजकै घरबाट पक्राउ गरेको हो। राईविरुद्ध सुनसरी जिल्ला अदालतले २०६६ साल फागुन १३ गते एक वर्ष कैद र दुई सय पच्चीस रुपैयाँ जरिवाना तोकिएको थियो। राईलाई थप कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार