धरान । नेकपा एमाले धरान उपमहानगर कमिटीको अध्यक्षमा पुनः हर्कजङ एभेङ सर्वसम्मत चयन भएका छन् । स्थानीय तहको पुनःसंरचना पश्चात् भएको प्रथम उपमहानगर अधिवेशनले एभेङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा पारस काङमाङ राई, सचिवमा राजेन्द्र राई, सहसचिवद्वयमा योगेशबाबु काफ्ले र दिवस राईलाई चयन गरेको हो । अधिवेशनबाट ८५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । एभेङ यसअघि पनि नगर अध्यक्ष थिए । अधिवेशनले तीन वर्षको लागि नेतृत्व चयन गरेको हो ।
प्रतिक्रिया