एमाले नेता टोपबहादुर रायमाझी कारागारबाट भागे

बुधबार, २५ भदौ २०८२

काठमाडौं । सुन्धारास्थित केन्द्रीय कारागारबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका एमाले नेता टोपबहादुर रायमाझी भागेका छन् । यहाँबाट रायमाझीसँगै करिब ३३ सय कैदीबन्दी फरार भएका छन् ।

कारागारमा ३८ सय कैदीबन्दी रहेकामा अहिले करिब ५ सयको हाराहारीमा मात्रै बाँकी छन् । भागेका मध्ये केही कैदीबन्दी भने कारागार फर्कन पनि थालेका छन् । अहिलेसम्म करिब ५० जना कैदीबन्दी कारागार फर्केको स्रोतले बतायो । अझै केही कैदीबन्दी फर्कने क्रममा रहेको बताइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार