काठमाडौँ : देशभर लगातार वर्षासँगै आएको बाढी, पहिरो र डुबानको खतराप्रति सचेत रहँदै राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई धैर्यपूर्वक चुनौतीको सामना गर्न आग्रह गरेका छन ।
राष्ट्रपतिले शनिवार राति एक विज्ञप्ति जारी गर्दै प्रभावित नागरिकको शीघ्र उद्धार र राहतका लागि राज्यका सम्पूर्ण निकायलाई सक्रिय हुन निर्देशन दिएका छन ।
विपत्तिको घडीमा आपसी एकता र सहयोग नै सबैभन्दा ठूलो शक्ति हुने उल्लेख गर्दै उनले दाजुभाइ–दिदीबहिनीबिच धैर्य र हातेमालो देखाउन विशेष जोड दिए ।
यो प्राकृतिक विपत्तिबाट ज्यान गुमाएका परिवारप्रति गहिरो संवेदना व्यक्त गर्दै राष्ट्रपतिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन ।
राष्ट्रपतिले अझै सम्भावित जोखिमप्रति सतर्क रहँदै एक आपसमा सहयोगी भावना र राष्ट्रिय एकताको बलमा विपत्तिलाई जित्न सकिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया