झापामा बाढीको कहर : सयौं घर डुबानमा, उद्धार कार्य तीव्र

आइतबार, १९ असोज २०८२

झापा : अविरल वर्षाका कारण पूर्व–पश्चिम लोकमार्गको कालिखोलामा बाढी आएको छ, जसले प्रमुख राजमार्ग अवरुद्ध भएको छ।

सुकुना खोलाको पानीले झापा गाउँपालिका वडा नं. २ का ५६ घर डुबानमा परेका छन्। डुबान प्रभावित बालबालिका र स्थानीयवासीलाई नजिकैको कुवाड़ी माविमा सुरक्षित राखिएको छ।

शिवशताक्षी नगरपालिका वडा नं. ४, ५, ६ र ७ मा बाढीका कारण ३ सय ५० भन्दा बढी घर डुबानमा परेको छ। भद्रपुर नगरपालिका वडा नं. ५ का २५ घरका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी खगेन्द्र खड्काका अनुसार उद्धार कार्य तीव्र गतिमा अघि बढिरहेको छ र प्रभावित समुदायको तत्काल सहायता सुनिश्चित गरिनेछ।

बाढीले जनजीवन, आवत–जावत र विद्यालय सञ्चालनमा पनि प्रभाव पारेको छ। स्थानीय प्रशासनले सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार