धनकुटा : लगातारको वर्षाले धनकुटा जिल्लामा ठूला तथा साना सडकहरू अवरुद्ध भएका छन्। पहिरो र बाढीका कारण मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग र अन्य निर्माणाधीन सडक खण्डहरूमा आवागमन पूर्ण रूपमा ठप्प भएको छ।
मध्यपहाडी लोकमार्गअन्तर्गत पाख्रिबास नगरपालिका–५ डिकुरे र वडा नं. ४ पाख्रिबास क्षेत्रमा दुई स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ।
त्यसैगरी, कोशी लोकमार्गअन्तर्गत साँगुरीगढी गाउँपालिका–१ का चनौटे, घण्टे र सिमसुवा गरी तीन ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको जनाइएको छ।
धरानबाट धनकुटातर्फ जाँदै गरेका केही सवारी साधन धरानतर्फ नै फर्किएका छन् । डोजर प्रयोग गरी सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
रवि–राके सडकखण्डमा समेत समस्या देखिएको छ। साँगुरीगढी–५ लुम्फाजुङ, पहिरो र वालुवाखानी क्षेत्रमा पहिरो गएर आवागमन रोकिएको छ।
त्यस्तै, तमोर करिडोरअन्तर्गत चौविसे गाउँपालिका–४ छरुवा खोलामा आएको बाढीले सडक बगाएपछि सो क्षेत्रको सम्पर्क मार्ग समेत विच्छेद भएको छ।
प्रतिक्रिया