एसिसी प्रिमियर कप: खेल रद्द भएपछि नेपालले साउदीसँग अंक बाँड्यो

सोमबार, ११ बैशाख २०८०
काठमाडौँ । एसिसी प्रिमियर कपअन्तर्गत सोमबार हुने भनिएको नेपाल र साउदी अरेबियाको खेल रद्द भएको छ। निरन्तर पानी परेपछि खेल रद्द गरिएको हो । नियमित समयअनुसार आज बिहान टस ८:३० मा टस हुनुपर्ने भनिएको थियो। पानी नराेकिएपछि टस हुन नसक्दा खेल रद्द गरिएको हो । खेल रद्द भएपछि दुवै टोलीले अंक बाँडेका छन्। नेपाल पाँच अंकसहित सेमिफाइनलमा प्रवेश गरेकाे छ । नेपालले समूह चरणको अन्तिम खेल अब कतारसँग खेल्ने छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार