प्रतिनिधिसभा निर्वाचनको कार्ययोजना सार्वजनिक

शुक्रबार, २१ कार्तिक २०८२

काठमाडौ : निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कार्ययोजना तयार पारेको छ।

आयोगले शुक्रबार राष्ट्रियसभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन तयारी र आगामी कार्यक्रमबारे जानकारी दिएको हो।

आयोगको कार्ययोजना अनुसार निर्वाचन प्रचार–प्रसारका लागि १४ दिनको अवधि तोकिएको छ। आयोगका अनुसार प्रचार–प्रसार फागुन ४ गतेदेखि १८ गतेसम्म गर्न पाइनेछ। त्यसपछि मौन अवधि सुरु हुनेछ।

त्यस्तै, फागुन १२ गतेभित्र सबै जिल्लामा मतपत्र पुगोस् भन्ने लक्ष्य आयोगले तय गरेको छ। त्यसपछि जिल्लाबाट मतदान केन्द्रहरूमा मतपत्र र अन्य सामग्री पठाइनेछ।

बैठकमा आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी र सचिवले समितिलाई निर्वाचन तयारीका अवस्थाबारे विस्तृत रूपमा ब्रिफिङ गरेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार