सन् २०२५ को पहिलो नौ महिनामा सिरियाली नागरिकहरूको जर्मनीमा आप्रवासनमा गत वर्षको सोही अवधिको तुलनामा ४६.५ प्रतिशतले गिरावट आएको जर्मनीको संघीय तथ्याङ्क कार्यालय (डेस्टाटिस) ले शुक्रबार जनाएको छ।
कार्यालयका अनुसार, जनवरी र सेप्टेम्बर २०२५ को बीचमा लगभग ४० सिरियालीहरू जर्मनी आइपुगेका थिए । यो सङ्ख्या सन् २०२४ को सोही अवधिमा ७४ हजार ६०० थियो।
यसैबीच, जर्मनी छोड्ने सिरियालीहरूको सङ्ख्या ३५.३ प्रतिशतले बढेको छ, यो वर्षको पहिलो नौ महिनामा २१ हजार ८०० सिरियाली आप्रबासी जर्मनीबाट स्वदेश फर्किएका छन् ।
जर्मनीमा सन् २०२४ को अन्त्यमा सुरक्षा खोज्ने सिरियालीहरू युक्रेनी शरणार्थीपछि धेरै रहेका थिए।
प्रतिक्रिया