अमेरिका–दक्षिण कोरिया बीच व्यापार सम्झौता सम्पन्न: राष्ट्रपति ट्रम्प

बुधबार, १२ कार्तिक २०८२

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच व्यापार सम्झौताको लागि प्रायः सबै विषयमा अन्तिम सहमति भएको जानकारी बुधबार दिइएको छ।

यो घोषणा एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) बैठकको आयोजक ग्योङजुमा भएको ट्रम्प–ली शिखर सम्मेलनपछि आएको हो। राष्ट्रपति ट्रम्पले वार्ता पूर्णरूपमा सफल भएको उल्लेख गर्दै दुई देशले सम्झौताको तयारी अवस्थामा पुगेको बताए।

दुवै राष्ट्रपतिद्वयको शिखर सम्मेलनमा जुलाईमा तयार पारिएको व्यापार सम्झौताको खाकामा रहेका मतभेदहरू समाधान गर्न प्रयास गरिएको थियो। सम्झौताको प्रारूपअनुसार दक्षिण कोरियाले अमेरिकामा ३५० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ।

शिखर सम्मेलनको क्रममा ट्रम्प र लीबीच ‘बृहत्’ भेटवार्ता भएको भए पनि सम्झौताको विस्तृत विषयवस्तु सार्वजनिक गरिएको छैन। ट्रम्पले भने, “धेरै विषयमा निर्णयमा पुगियो। राष्ट्रिय सुरक्षासँग सम्बन्धित केही विषयमा पनि छलफल भएको छ। हामी धेरै महत्त्वपूर्ण विषयमा निष्कर्षमा पुगेका छौँ।”

त्यसैगरी, राष्ट्रपति ट्रम्पले कोरियाली प्रायद्वीपमा सुरक्षा तनाव समाधान गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए। उत्तर कोरियाका नेता किम जोङ–उनसँग सम्बन्धमा ट्रम्पले भनिन्, “म किमलाई राम्रोसँग चिन्छु र मलाई लाग्छ सबै कुरा राम्रोसँग अघि बढ्नेछ।”

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार