पाँचथरमा चिर्पटले हानेर बाबुको हत्या

सोमबार, १७ कार्तिक २०८२

पाँचथर: हिलिहाङ गाउँपालिका १ का युवकले चिर्पट प्रहार गरी बाबुको हत्या गरेका छन । ३१ वर्षीय शन्देस राईले ६९ वर्षीय पिता युवराज राईको हत्या गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख  (डिएसपी) अनीश कर्णका अनुसार सन्देशले आइतबार बिहान बाबुको हत्या गरेको खुलेको छ ।  युवराजको शव घर नजिकै करेसाबारीमा भेटिएको थियो ।

बाबुसँगै बसेर मदिरा सेवन गरेका उनले के विषयमा विवाद हुँदा चिर्पट प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ ।

 घटनाको जानकारी पाए लगत्तै खटेको प्रहरी टोलीले सन्देशलाई पक्राउ गर्नका साथै युवराजको शव पोष्टमार्टमका लागि पाँचथर जिल्ला अस्पतालमा ल्याएको डिएसपी कर्णले जनाए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार