इलाम क्षेत्र १ मा एमालेबाट तीन जनाको नाम सिफारिस

शुक्रबार, १८ पुस २०८२
फाइल फोटो

इलाम  :  नेकपा एमाले इलामले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका इलाम क्षेत्र नम्बर १ बाट तीन जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटिको बैठकले पूर्व सांसद महेश बस्नेत, काजीमान कागते र दुर्गादेवी भट्टराईको नाम  केन्द्रलाई सिफारिस गरेको हो।

सिफारिस सूचीमा रहेका बस्नेत २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै इलाम क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए। त्यसअघि २०७४ सालमा बस्नेत इलाम नगरपालिका प्रमुखका रूपमा निर्वाचित भएका व्यक्ति हुन । 

यस्तै, कागतेलाई पनि उम्मेदवारका रूपमा अघि सारिएको छ। कागते २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट सूर्योदय नगरपालिकाको प्रमुख पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा कागते गठबन्धनका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका रणबहादुर राईसँग पराजित भएका थिए ।  यसअघि २०७४ सालमा कागते इलाम क्षेत्र नम्बर १ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

सिफारिसमा परेकी भट्टराई २०७९ सालको स्थानीय तह निर्वाचनमा सूर्योदय नगरपालिकाको उपप्रमुख पदका लागि उम्मेदवार बनेकी थिइन्। उनी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दुर्गाकुमार बरालसँग  पराजित भएकी थिइन्।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार