झापा : भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान धावनमार्गबाट चिप्लिएको छ।
प्राप्त जानकारी अनुसार सबै यात्रु सकुशल बाहिर निस्कन सफल भएका छन् ।
मानविय क्षति नभएको प्रदेशखबरकर्मी सुरेन्द्र भण्डारीले जनाएका छन् ।
अवतरणका क्रममा जहाज धावनमार्गभन्दा करिब २०० मिटर बाहिर खोल्सीतर्फ चिप्लिएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार जहाज खोल्सीमै गएर रोकिएको छ ।
प्रतिक्रिया