गृहमन्त्री अर्यालद्वारा राष्ट्रपतिको निजीनिवास निरीक्षण

सोमबार, १७ कार्तिक २०८२

काठमाडौं —गृहमन्त्री ओमप्रकाश अर्यालले आज राष्ट्रपति रामचन्द्र पौडेलको बोहोराटारस्थित निजी निवास निरीक्षण गरेका छन् ।

गतभदौ २४ गते भएको जेनजी आन्दोलनमा सहभागी आन्दोलनकारीहरुले राष्ट्रपति पौडेलको बोहोराटारस्थित निजीनिवासमा तोडफोड आगजनी गरेका थिए । मन्त्रीअर्यालले राष्ट्रपति पौडेलको परिवारसँग सल्लाह गरेर क्षतिग्रस्त घरको मर्मत सम्हार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस अवसरमा मन्त्रीअर्यालसँगै जिल्लाप्रशासन कार्यालय काठमाडौँका प्रमुखजिल्ला अधिकारी ईश्वरराजपौडेल, सशस्त्रप्रहरी प्रमुख राजु अर्याल लगायतको उपस्थिति थियो ।

उनीहरुले बालाजु प्रहरी वृत्तको पनि निरीक्षण गरे । जेनजी आन्दोलनकाक्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्तको स्थानीयको सहकार्यमा पुनःनिर्माण सुरु भएको छ ।यद्यपि त्यहाँका प्रहरी प्रमुखले जग्गा स्वामित्वमा नभएको विषय गृहमन्त्री अर्यालसमक्ष राखेका थिए ।

Photo (9) (14)

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार