काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो वित्तीय सुदृढता र दायित्व पूरा गर्ने क्षमतामा उल्लेखनीय सुधार गर्दै केयर रेटिङ्स नेपाल लिमिटेडबाट ट्रिपल बी प्लस (BBB+) रेटिङ प्राप्त गरेको छ।
केयर रेटिङ्स नेपालको यो मूल्याङ्कनले कम्पनीको विश्वसनीयता, सुदृढ वित्तीय प्रदर्शन, अनुभवी व्यवस्थापन टोली, सशक्त प्रशासनिक प्रणाली र उच्च गुणस्तरको लगानी पोर्टफोलियोलाई प्रतिबिम्बित गर्ने जनाइएको छ।
ट्रिपल बी प्लस श्रेणीमा पर्ने कम्पनीहरूलाई आफ्ना दायित्वहरू समयमा पूरा गर्न सक्षम र अपेक्षाकृत स्थिर वित्तीय स्थिति भएको कम्पनीको रूपमा मानिन्छ।
कम्पनीले ग्राहक, अभिकर्ता र शेयरधनीहरूको निरन्तर विश्वासका लागि आभार व्यक्त गर्दै अझ सुदृढ, पारदर्शी र जिम्मेवार बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।
हाल सन नेपाल लाइफ इन्स्योरेन्सको देशभर १४८ शाखा तथा उपशाखामार्फत सेवा सञ्चालनमा रहेको छ।
प्रतिक्रिया