बेलबारी मा ६० वर्षीय पुरुषको शव फेला

सोमबार, १७ कार्तिक २०८२
PHOTO: AI

मोरङ । मोरङको बेलबारी नगरपालिका–३ स्थित लोहन्द्रा खोलामा करिब ६० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–२ ऐलानी टोलका बलबहादुर खड्का सोमबार बिहान खोलाको पानीमा मृत फेला परेका हुन्।

स्थानीयवासीले खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक राजिब गिरीको कमाण्डमा खटिएको टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको मुचुल्का उठाएर प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ।

घटनाको कारणबारे हालसम्म स्पष्ट नभएको र थप अनुसन्धानका लागि शवलाई प्रादेशिक अस्पताल विराटनगरमा पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार