स्वास्थ्य सेवाबाहेक अन्यत्र एम्बुलेन्स प्रयोगमा ल्याइए कारबाही हुने

सोमबार, ०१ मंसिर २०८२
File Photo

काठमाडौँ  : स्वास्थ्य सेवाका लागि उपलब्ध गराइएका एम्बुलेन्सको दुरुपयोग बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कडा चेतावनी जारी गरेको छ। मन्त्रालयको स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइले शुक्रबार एक सूचना जारी गर्दै अस्पतालबाहेक अन्य प्रयोजनमा एम्बुलेन्स प्रयोग भए कानुनी कारबाहीदेखि सञ्चालन अनुमति खारेजीसम्म हुने स्पष्ट गरेको छ।

हाल विभिन्न जिल्लामा एम्बुलेन्ससेवा व्यवसायिक रूपमा चलाइने, भाडामा प्रयोग गरिने, निर्देशिकाविपरीत सञ्चालन हुने लगायतका गुनासो बढेपछि मन्त्रालयले गम्भीर ध्यानाकर्षण गराएको हो।

एम्बुलेन्स सेवा निर्देशिका, २०८२ मा एम्बुलेन्स पैठारीमा राजस्व छुट, अनुमति नवीकरण, अनुगमन तथा अनुमति खारेजीसम्बन्धी प्रावधान स्पष्ट भएकाले निर्देशिका कडाइका साथ पालना गर्न मन्त्रालयले सबै स्वास्थ्य सेवा प्रदायक, एम्बुलेन्स सञ्चालक, व्यवस्थापन समिति र सुरक्षाकर्मीलाई आग्रह गरेको छ।

मन्त्रालयका अनुसार भारतीय दूतावासबाट आवश्यक परमिट प्राप्त गरी मापदण्ड पूरा गरेका एम्बुलेन्सले मात्र भारत–नेपाल आवतजावत गर्न पाउनेछन्। साथै १० वर्षभन्दा बढी पुराना एम्बुलेन्स सञ्चालन भइरहेको भेटिए नवीकरण रोक्ने र दर्ता खारेज गर्ने व्यवस्था पनि लागू हुने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार