नेपाल एयरलाइन्सले 'डाइभर्ट'का लागि अब भैरहवा विमानस्थल प्रयोग गर्ने

सोमबार, ०१ मंसिर २०८२

काठमाडौँ : नेपाल वायुसेवा निगमले अबदेखि आफ्नो जहाज डाइभर्ट गर्नुपर्ने अवस्थामा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई विकल्पको रूपमा प्रयोग गर्ने भएको छ।

निगमका प्रवक्ता अनिल घिमिरेका अनुसार अहिलेसम्म डाइभर्टका लागि भारतका विमानस्थलमा निर्भर रहनुपर्थ्यो, तर सोमबारको निर्णयसँगै अब भैरहवा विमानस्थल प्रयोग गर्न सकिने व्यवस्था लागू भएको छ।

यसले डाइभर्ट गर्दा लाग्ने समय र खर्च दुवै बचत हुने निगमले जनाएको छ। साथै, निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पनि वैकल्पिक अवतरणस्थल बनाउने तयारीको अध्ययन प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार