एनपीएल: सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याउँदै पोखरा

शुक्रबार, ०५ मंसिर २०८२

कीर्तिपुरमा शुक्रबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १९४ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाई १९३ रन बनायो। ओपनर जस ब्रोनले ६५ रनको अर्धशतक प्रहार गर्दै विनोद भण्डारी (४३) सँग १०८ रनको शतकीय साझेदारी गरे, जुन यस संस्करणको पहिलो विकेटमा सबैभन्दा ठूलो साझेदारी हो।

क्रिस लिनले ३१ रन जोड़े भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। पोखराका जिम्मी निसमले ३ विकेट लिए।

दुबै टोलीको यो दोस्रो खेल हो। पोखरा पहिलो खेलमा विराटनगरसँग हारेको थियो भने सुदूरपश्चिमले पहिलो खेलमा काठमाण्डूलाई हराएको थियो।

अहिले पोखरा सो लक्ष पछ्याइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार