काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि हुने मतदानको समय सारिएको छ ।
मंगलबार भृकुटीमण्डपमा हुने भनिएको एमालेको मतदानको समय दिउँसो ४ बजेको लागि सारिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
उनका अनुसार विद्युतीय उपकरणमार्फत् मतदान गर्न लागेको छ । भोटिङ मेसिनमा उम्मेदवारहरुको फोटोसहितको विवरण राख्न समय लाग्ने भएकाले समय सारिएको हो ।
एक जनाले सबैलाई भोट हाल्न कम्तिमा ३५ मिनेट लाग्ने अनुमान गरिएको छ । एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार निर्वाचन सकिएको एक दुई घण्टा भित्र परिणाम सार्वजनिक हुने छ ।
प्रतिक्रिया