आईपीएल क्रिकेटमा लखनउले पञ्जाबलाई ५६ रनले हरायो

शनिबार, १६ बैशाख २०८०
काठमाडाै । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले पञ्जाब किङ्ग्सलाई हराएको छ । गएराति मोहालीमा भएको खेलमा लखनउ ५६ रनले विजयी भयो । जितसँगै लखनउ अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लखनउले दिएको २ सय ५८ रनको लक्ष्य पछ्याएको पञ्जाबले १९ दशमलव ५ ओभरमा अलआउट हुँदै २ सय १ रन मात्र बनाउन सक्यो । पञ्जाबका अथर्व ताइडेले ६६ रनको अर्धशतकीय पारी खेले । लखनउका यश ठाकुरले ४ र नभिन उन हकले ३ विकेट लिए । रवि विश्नोइले २ तथा मार्कस स्टोइनिसले १ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५७ रन बनाएको थियो । लखनउका मार्कस स्टोइनेसले सर्वाधिक ७२ रन जोडे । कायल मेयर्सले ५४ रन बनाए । पञ्जाबका कागिसो रबाडाले २ तथा अर्शदीप सिंह, लियम लिभिङ्स्टोन र साम करनले समान एक/एक विकेट लिए । आठ खेलमा पाँच जितसहित लखनउको १० अङ्क भएको छ । समान खेलमा चार जित रहेको पञ्जाब आठ अङ्कसहित छैटौँ स्थानमा छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार