ए डिभिजन लिगमा आज ३ खेल, जावलाखेल र संकटा भिड्दै

शनिबार, १६ बैशाख २०८०
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । पहिलो खेलमा शीर्ष स्थानको जावलाखेल र संकटा आमनेसामने हुनेछन् । यो खेल दिउँसो ३ बजे च्यासल मैदानमा हुनेछ । जावलाखेलले आजको खेल जिते तालिकामा स्पष्ट चार अंकको अग्रता बनाउनेछ । अघिल्लो खेलमा जावालाखेल हिमालयन शेर्पासँग २ - १ गोलको पराजित भएको जावलाखेलको ३ खेलसम्म विजयी यात्रामा ब्रेक लागेको थियो । यो खेलमा जित दर्ता गरी जावालाखेल पुन: लयमा फर्किने प्रयासमा हुनेछ । संकटा पछिल्ला ३ खेलयता जितविहीन छ । अघिल्लो सिजन यी दुईबीच प्रतिस्पर्धा हुँदा १-१ गोलको बराबरी भएको थियो । आज साविक विजेता मच्छिन्द्र फुटबल क्लबले सोही समयमा सातदोबाटो युवा क्लबसँग दशरथ रंगशालामा प्रतिस्पर्धा गर्नेछ। मच्छिन्द्रका स्टार खेलाडी चेन्चो ग्याल्सेन चोटका कारण बाँकी सिजन गुमाउने भएपछि उसलाई ठूलो झड्का लागेको छ । जावालाखेलले पराजय ब्यहोरे सातदोबाटोलाई शीर्ष स्थानमा उक्लने मौका रहनेछ । साँझको खेलमा चर्च ब्वाइज युनाइटेड र ८ पटकको च्याम्यियन मनाङ मर्स्याङदी क्लब भिड्ने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार