चिसो बढेपछि जनजीवन प्रभावित, सुनसरीमा तीन दिन विद्यालय बन्द

बुधबार, १६ पुस २०८२

इटहरी : सुनसरीमा शितलहरका कारण चिसो अत्यधिक बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ।

शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा बिदा दिएका छन्। स्थानीय तहहरूले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द रहने निर्णय गरेका हुन्।

इटहरी उपमहानगरपालिकाले सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गरिएको जनाएको छ।

उपमहानगरका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार चिसोका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

त्यस्तै, इनरुवा, दुहबी, कोशी गाउँपालिका, हरिनगर र रामधुनीसहित सुनसरीका सबै स्थानीय तहहरूले पनि सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

स्थानीय तहहरूले बालबालिकालाई घरमै न्यानो वातावरणमा राख्न अभिभावकहरूलाई आग्रह गर्दै चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार