कोशी प्रदेश सरकार चाँडै नै पुनर्गठन हुने : मुख्यमन्त्री कार्की

विहीबार, १७ पुस २०८२
फाइल फोटो

मोरङ ः कोशी प्रदेश सरकार चाँडै नै पुनर्गठन हुने भएको छ ।  प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार शीघ्र पुनर्गठन गर्ने वताएका हुन् ।

 प्रेस चौतारी नेपाल मोरङद्वारा आज विराटनगरमा आयोजित प्रदेशस्तरीय शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्कीले प्रदेश सरकार पुनर्गठनका विषयमा गठबन्धन दलका नेतासँग छलफल गरी निर्णय गर्ने जानकारी दिएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव समेत रहेका कार्कीले आफ्नो पार्टी आगामी संसदीय निर्वाचनबाट नभाग्ने बताउँदै यसका लागि सरकारले निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिए । 

कार्कीले सोही कार्यक्रममा हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, दिलीप अग्रवाल र पर्शुराम बस्नेतलाई बधाई समेत दिए । 

यस वर्षको शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट उदयपुरको कटारीकी रेणु पराजुलीलाई  २१ हजार रुपैया सहित सम्मानित गरियो । सो कार्यक्रममा प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा, इन्चार्ज सुमन सुस्केरा, उपाध्यक्ष जुनु भट्टराईलगायतले समाजमा पछाडि परेका वर्गको उत्थानमा सञ्चारकर्मीले कलम चलाउनुपर्नेमा जोड दिएका थिए । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार