राष्ट्रिय पोशाकलाई मान्यता दिनकासाथै उत्सव र दिवस मनाउनुपर्छ भन्ने पक्षमा छु : मन्त्री खरेल

विहीबार, १७ पुस २०८२

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने विषयमा आफू सँधै साथमा रहने बताएका छन् ।

विहीबार १३ औं राष्ट्रिय पोशाक दिवस तथा अन्तर्राष्ट्रिय टोपी दिवस २०८२ को अवसरमा आयोजित कार्यक्रममा उनले आगामी दिनमा सरकारमा भएपनि नभएपनि राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने, उत्सव र दिवसको रुपमा मनाउने कुरामा सँधै साथमा रहने बताए ।

उनले भने, ‘यो दिवसलाई सरकारी मान्यता पाएको भए हुन्थ्यो, दिवसकै रुपमा मनाउन पाएहुन्थ्यो अथवा सरकारी कामकाज अथवा विभिन्न औपचारिक ठाँउमा अनिवार्य गर्न पाएहुन्थ्यो भन्नुभयो तर अलिकति ढिला भन्नुभयो । तर ढिला भयो भन्दैमा सकिएको होइन् । यसलाई आगामी दिनमा राष्ट्रिय पोशाकलाई सरकारी मान्यता दिने, उत्सव र दिवसको रुपमा मनाउने कुरामा तपाईहरुको साथमा जगदीश खरेल रहन्छ ।’

यस्तै, उनले देशको पहिचान देशभित्र र विश्वसामु जोगाउनुपर्ने भन्दै त्यसको लागि हातेमालो गर्न नेपाल सरकार, आफू र आफ्नो मन्त्रालय सधैँ तयार रहेको बताए ।

उनले भने, ‘हाम्रो पहिचान जोगाउनुपर्छ, देशभित्र पनि जोगाउ र विश्वसामु पनि हाम्रो पहिचान जोगाउ त्यसको लागि हातेमालो गर्न नेपाल सरकार सधैँ तयार छ, मेरो मन्त्रालय तयार छ र म आफै पनि तयार छु ।’

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा भएको कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका व्यक्तित्वहरुलाई अभिनन्दन गर्न पाउँदा खुशी लागेको संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजानन्द माण्डव्यले बताए ।संसारभरिका नेपालीहरुलाई पोशाक र संस्कृति मार्फत एकत्व गराउने अभियानले सार्थकता प्राप्त गरेको उनले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार