सुनसरी । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमालेसँग सत्ता सहकार्यको कुनै पनि सम्भावना नरहेको बताएका छन् ।
सडक शिलान्यासका लागि इनरुवा पुगेका कार्कीले काँग्रेस र एमाले मिल्ने आँकलन सहितका टिका टिप्पणी सुनिने गरेको भएपनि त्यसमा सत्यता भने नरहेको बताए ।
उनले नेकपा एमाले अबको ५ वर्ष प्रमुख प्रतिपक्षमा रहने बताए । । प्रदेश र केन्द्रमा गठबन्धनकै सरकार निर्माण हुने उनको भनाइ थियो ।
केन्द्रमा नेतृत्व परिवर्तन भएझैँ प्रदेशमा पनि नेतृत्व परिवर्तन हुने कार्कीले बताए ।
‘एमाले प्रमुख प्रतिपक्षमा ५ वर्ष रहने छ । एमाले र नेपाली कांग्रेस मिलेर सरकार बन्दैन भन्ने कुरा यहीँबाट उद्घोष गर्न चाहन्छु । यो सरकार यही गठबन्धन ५ वर्ष रहने छ । केन्द्रमा पनि रहने छ र प्रदेशमा समेत रहने छ । जसरी केन्द्रमा नेतृत्व परिवर्तन भयो त्यस्तै गरेर प्रदेश सरकारको नेतृत्व परिवर्तन हुनेछ’ कार्कीले भने ।
नेता कार्कीले असारको बजेट अगावै कोशी प्रदेशमा समेत सरकारको नेतृत्व परिवर्तन हुने बताए ।
प्रतिक्रिया