यूएईले नेपाललाई दियो ११८ रनको लक्ष्य

मंगलबार, १९ बैशाख २०८०
काठमाडौं। एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईले नेपाललाई ११८ रनको मध्यम लक्ष्य दिएको छ। सोमबार वर्षाले प्रभावित फाइनलको आज भएको बाँकी खेलमा यूएईले ३३ ओभर १ बलमा सबै विकेट गुमाएर ११७ रनको योगफल बनायो। कीर्तिपुरस्थित टीयू मैदानमा हिजो स्थगित फाइनल खेल आज २७ ओभर १ बलमा ९ विकेटको क्षतिमा १०६ रनको अवस्थाबाट अगाडि बढेको थियो। नेपालका ललित राजवंशीले ४ विकेट लिए। हिजो ३ विकेट लिएका उनले आज यूएईको अन्तिम विकेट लिएका हुन्। यस्तै करण केसी र सन्दीप लामिछानेले २-२ विकेट हात पारेका छन्। सोमपाल कामी र गुल्सन झा १- १ विकेटमा छन्। ५० ओभरको खेलमा नेपालले जवाफी ब्याटिङ थालेको छ। एसीसी मेन्स प्रिमियर कपको उपाधि उचाले नेपाल एसिया कपअन्तगर्त भारत र पाकिस्तान रहेको समूह एमा स्थान बनाउने छ। फाइनलमा पुगेका नेपाल र यूएईले एसीसी इमर्जिङ एसिया टिम्स कपमा भने स्थान बनाइसकेका छन्। आज पनि कीर्तिपुर मैदानमा नेपाली दर्शकको बिहानैदेखि उल्लेख्य संख्यामा उपस्थिति छ। आजको खेल हेर्न मैदानमा दर्शकलाई नि:शुल्क प्रवेश दिइएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार