शपथ लिएपछि उपेन्द्रले भने: 'पूर्ण कार्यकाल टिक्ने सरकारको पक्षमा छौँ'

मंगलबार, १९ बैशाख २०८०
काठमाडौँ । १० वैशाखको उपनिर्वाचनमार्फत बारा २ बाट नवनिर्वाचित सांसद एवं जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरु स्थिर सरकारको पक्षमा रहेको बताएका छन् । भामुख देवराज घिमिरेबाट मंगलबार सांसद पदको पद तथा गोपनीयताको शपथ लिएपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । ‘सरकारले आफ्नो कार्यकाल पूरा गर्नुपर्छ,’ उनले भने, ‘अस्थिरताले कसैको हित गर्दैन ।’ कसले कुन मन्त्रालय पाउँछ भन्ने भन्दा पनि सरकारको स्थायित्व र पूर्णकालकाल टिकाउने कुरा ठूलो भएको उनले बताए । ‘स्थिरता, स्थायित्व, आर्थिक सामाजिक विकास ठूलो कुरा हो,’ उनले भने, सरकार २–२ महिनामा बदलिरहेको भने त्यसको असर स्थायित्वमा पर्छ । नेपालीमा निराशा छाउँछ । यसले कसैको हित गर्दैन ।’ अहिलेको अवस्थामा दलहरुबीच जति वृहत्तर समझदारी बन्यो त्यति नै सहज हुने उनले बताए । सञ्चारकर्मीको अर्को प्रश्नको जवाफमा उनले भने– ‘संसदीय व्यवस्थामा काम गर्ने भनेकै संसद र यसअन्तर्गतका समितिहरुमा रहेर हो । समितिमा दाबी हुने–नहुने भन्दा पनि काम गर्ने संसद र समितिमै रहेर हो ।’ संसदीय समितिहरु निर्माण गर्ने र सभापतिहरुको निर्वाचन गर्ने कार्य ढिलो गर्न नुहने पनि बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार